‘खानेपानीको समस्या चाँडो हल हुन्छ’ : मन्त्री मगर

admin

काठमाडौँ, ५ वैशाख : खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले उपत्यकामा खानेपानीको समस्या चाँडो हल गर्न आफू योजनाबद्ध ढङ्गले लागिरहेको बताउनुभएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४औँ वार्षिकोत्सव समारोहमा उहाँले उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्था सहज बनाउन गम्भीर भएर लागेको बताउनुभयो ।

काठमाडौँमा मेलम्चीको पानी ल्याउने मात्रै ठूलो कुरा नभएर यसको व्यवस्थापन पनि महत्वपूर्ण भएको मन्त्री मगरले औँल्याउनुभयो । उहाँका अनुसार खानेपानीको वितरण र व्यवस्थापन सबैभन्दा ठूलो चुनौतीका रुपमा रहेको छ । मन्त्रालय मातहतका कार्यालय खानेपानी आपूर्तिसँगै व्यवस्थापनमा लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “खानेपानी बोर्ड, केयुकेएल र आयोजना कार्यान्वयन निर्देशनालय लगायतका निकाय यो काममा लागिरहेका छन् ।” जनताको अपेक्षा र आवश्यकताअनुसार खानेपानीको पहुँच विस्तार गर्न मन्त्रालय लागिपरेको उहाँले जानकारी दिनुभयो ।

खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले सन् २०३० सम्ममा प्रशोधनसहित ९० प्रतिशत जनताका घरमा पानी पु¥याउने मन्त्रालयको लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दिगो लक्ष्यप्राप्तिका लागि पनि जनताका घरघरमा पानी पु¥याउने योजना बनिरहेको छ ।” बोर्डका अध्यक्षसमेत रहनुभएका मन्त्रालयका सहसचिव तेजराज भट्टले काठमाडौँ उपत्यकामा खानेपानी तथा ढल व्यवस्थापनका लागि गुरुयोजना बनिरहेको जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया