रणबिरको खुट्टा छुन आए फ्यान, अभिनेताको व्यवहारदेखि रिसाए सोशल मीडिया यूजर्स

शर्मिला गुरुङ

पिएनपिखबर : बलिउड अभिनेता रणबीर कपूर अब आउदै गरेको फिल्म ‘ब्रह्मास्त्र’को शूटिंगमा व्यस्त छन्। यसै क्रममा उनि एक फ्यानसंग उनको भेट हुन्छ। अहिले उक्त भिडियो सामाजिक संजालमा भाइरल नै भैरहेको छ।

भिडियोमा रणबिरको कोठामा आएर एक फ्यानले उनको खुट्टा ढोग्छन। तब उनले फ्यानलाई सोफामा लगेर जान्छन। फ्यान नबोली उनको छेउमा तल बसेर दुवै जना गफ गर्न थाल्छन। तर सामाजिक संजालका एक प्रयोगकर्ताले भने आफ्नो फ्यानलाई सोफामा बस्न समेत आग्रह नगरेको भन्दै आक्रोस पोखेका छन्।

रणबीर कपूरअभिनित फिल्म ‘ब्रह्मास्त्र’ मा रणबीर कपूरका साथै अमिताभ बच्चन, आलिया भट्ट, डिंपल कपाड़िया र मौनी रॉय पनि मुख्य भूमिकामा देखिदै छन्। निर्देशक अयान मुखर्जीको निर्देशनमा बन्दै गरेको यस फिल्म अर्को बर्ष मात्रै रिलिज हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू