खुला कराते प्रतियोगिताको उपाधि भारदेउलाई

admin

काठमाडौँ, १७ कात्तिक: नेपाल सितोरियो कराते सङ्घ शाखा डोजो भारदेउले दोस्रो कोन्ज्योसोम खुला कराते प्रतियोगिताको उपाधि जितेको छ । आज सम्पन्न प्रतियोगिताअन्तर्गत भारदेउले पाँच स्वर्ण, छ रजत र दुई कांस्यका साथ च्याम्पियन बनेको हो ।

ललितपुरको भारदेउमा भएको प्रतियोगितामा पाँच स्वर्ण, चार रजत र छ कास्यसहित प्रयागपोखरी डोजो दोस्रो र काभ्रेले चार स्वर्ण, तीन रजत र एक कास्य जित्दै तेस्रो भयो ।

प्रतियोगिताको पुरुषमा थिमी डोजोका शिरिष श्रेष्ठ तथा महिलामा आयोजक भारदेउकी अस्मिता तामाङ उत्कृष्ट खेलाडी चुनिए । विजेतालाई कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपीलाल स्याङ्तानले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा प्रदेश नं ३ का विभिन्न जिल्ला तथा डोजोबाट १४० खेलाडीले २१ स्पर्धामा प्रतिस्पर्धा गरेको भारदेउ डोजोका प्रमुख दीलबहादुर घलानले जानकारी दिनुभयो ।
–रासस

प्रतिक्रिया