खुला बुद्धिचाल प्रतियोगिता शुरु

admin

नुवाकोट, २७ वैशाख: प्रथम नुवाकोट खुला फिडे ¥यापिड रेटिङ बुद्धिचाल प्रतियोगिता शुरु भएको छ ।विदुर नगरपालिकाको सहयोग र नुवाकोट बुद्धिचाल सङ्घको आयोजनामा सञ्चालन भएको सो प्रतियोगितामा देशभरका ३७ खेलाडीको सहभागिता रहेको छ ।

पहिलो हुने खेलाडीले रु १५ हजार, दोस्रोले रु १० हजार, तेस्रोले रु सात हजार, चौथोले रु पाँच हजार र पाँचौँ हुनेले रु तीन हजार पुरस्कार पाउनेछन् । यसैगरी छैटौँ देखि दशौँ स्थान हासिल गर्ने पाँच खेलाडीलाई रु दुई÷दुई हजार पुरस्कार प्रदान गरिने आयोजक समितिका निर्देशक श्यामकुमार केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया