खेलकूद महोत्सव सम्पन्न, फुटबलको उपाधि त्रिशूल युथ क्लबलाई

admin

काठमाडौँ, २१ कात्तिक: गोदावरी नगरपालिका–१३ वडाब्यापी खेलकूद महोत्सवअन्तर्गत फुटबल प्रतियोगिताको उपाधि त्रिशूल युथ क्लबले हात पारेको छ । महोत्सवको अन्तिम दिन आज भएको फुटबल प्रतियोगितामा त्रिशूल युथ क्लबले आरुबोट ब्वाइज क्लबलाई ३–२ गोल अन्तगरले पराजित गर्दै उपाधि रक्षा गरेको हो । उपाधिसहित त्रिशूलले रु २५ हजार प्राप्त ग¥यो ।

त्यस्तै उपविजेतामा सीमित बनेको आरुबोटले रु १५ हजार पायो । प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको रुद्राक्ष क्लबले भने रु १० हजार पुरस्कार पायो । प्रतियोगितामा उपाधि विजेता त्रिशूलका नितेश खड्का उत्कृष्ट खेलाडी घोषित भए भने सोही क्लबका आयुशजङ्ग थापा उत्कृष्ट गोलरक्षक तथा शौरभ मल्ल सर्वाधिक गोलकर्ता बने ।

त्यस्तै चेस प्रतियोगितामा मनिष घिमिरे पहिलो, प्रवीण घिमिरे दोस्रो र कल्याण घिमिरे तेस्रो भए । पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु सात हजार, पाँच हजार र तीन हजार पुरस्कार पाए । पुरुष तर्फका खुल्ला दौडमा पारस देसार पहिलो, गणेश लोहार दोस्रो तथा समिर देसार तेस्रो भए । महिलातर्फ शुभश्री खड्का पहिलो, आयुष्मा केसी दोस्रो र रिदिमा केसी तेस्रो भए । दुवै विधाका पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु सात हजार, पाँच हजार र रु तीन हजार प्राप्त गरे ।

टेबलटेनिस स्पर्धामा सुशील केसी पहिलो र सञ्जीत केसी दोस्रो भए । उनीहरुले क्रमशः रु पाँच हजार र तीन हजार पुरस्कार पाए । युवा जागरण क्लब, युवा सूचना केन्द्र, त्रिशूल युथ क्लब र राष्ट्रिय पोशाक संरक्षण महाअभियान ललितपुरको संयुक्त आयोजनामा भएको उक्त महोत्सवमा विजेता खेलाडीलाई प्रदेशसभा सदस्य लालकुमारी पुन, गोदावरी नगपालिका प्रमुख गजेन्द्र महर्जन लगायतले पुरस्कार प्रदान गर्नुभयो ।
-रासस

प्रतिक्रिया