गणेश चतुर्थीमा पूजा गर्दा सलमान खान बने ट्रोलको सिकार !

शर्मिला गुरुङ

पिएनपिखबर, भक्तपुर : बलिउडका दबंग स्टार सलमान खानकी बहिनी अर्पिता खानको घरमा सोमबार आयोजित गणेश चतुर्थी पूजामा धुमधामका साथ गणेशको स्वागत भयो। यसै अवसरमा सबै परिवारका साथमा सलमान खान पनि देखिए। सबै मिलेर भगवान गणेशको पूजा आराधना गरे। सलमान खानले आफ्नो भान्जासँग मिलेर गणेशको आरति गरे।

चतुर्थीको अर्को दिन अर्पिताले गणेशलाई बिसर्जन गरिन। तर सलमानले गणेश पूजा गरेको केहि कट्टरपन्थीहरुको लागि पचेन। हालै सलमानको धेरै आलोचना भइरहेको छ।

सलमान खानका हजुरबुवा अतुल अग्निहोत्रीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो शेयर गरेका छन। त्यस भिडियोमा सलमान खान गणपतिको आरति गरिरहेको देखिन्छ। परिवारका सबै सदस्य यस मौकामा धेरै खुशी देखिएका छन। तर केहि मान्छे यस कुराबाट आक्रोशित भई उक्त भिडियोमा नराम्रो टिप्पणी गरेका छन्।

एक इन्स्टाग्राम प्रयोगकर्ताले लेखेका छन, “वाह .. मोहर्रम’ बारे नजान्ने एउटा मुस्लिमले गणेश चतुर्थिको दिन डान्स गरेको। कहिले मुस्लिमको मस्जितमा पनि जाने गर भाई र यस दुनियाँमा तिमीलाई सबै कुरा मिल्नेछ तर मरेपछी दु:ख हुनेछ कि तिमीले के गर्यौं भनेर। ……. म पनि गणपति पूजा गरेको ठाउँमा जान्छु तर पूजा गर्दिन।”

त्यस्तै, अर्का प्रयोगकर्ताले लेखेका छन – “मुस्लिमहरु लाज मान।”

तेस्रो प्रयोगकर्ताले लेखेका छन- “सलमान तिमी यस्तो कसरी गर्न सक्छौ,तिमी मुसलमान हौँ , पूजा नगर।” 
चौथोके लेखेका छन – “धिक्कार छ ! तीमी जस्तो मुस्लिम हुनुमा।”

गणेश बिसर्जन पछि सलमान ढोलमा नाँच्दै गरेको भिडियो सामाजिक संजालमा भईरल भएको छ । उक्त भिडियोमा सलमानसँगै स्वरा भास्कर र डेजी शाह पनि झुमिरहेको देखिन्छ।

प्रतिक्रिया