गरुड पुराणका अनुसार मनुष्यले यी ५ काम भुलेर पनि गर्नु हुदैन जसले घटाउछ मनुष्यको आयु

रिता घिसिंग

पिएनपिखबर : जीवन र मृत्यु भगवानको हातमा छ। कहिले, कहाँ र कसको मृत्यु हुन्छ यो कुरा मात्र भगवानलाई मात्र थाहा हुन्छ। हिन्दु ग्रन्थमा यस्तै अनेकौ काम छ जुन काम गर्दा तपाइको आयु कम हुन्छ। गरुड पुराणका अनुसार मनुष्यले यी ५ काम भुलेर पनि गर्नु हुदैन जसले मनुष्यको आयु घटाउछ :

 

राती दहि खानु
दहि खानु स्वास्थ्यको लागि फाइदाजनक छ तर रातको समयमा दहि खादा धेरै प्रकारको रोग हुने सम्भावना बढ्छ। आयुर्बेदमा पनि राती दहि खान मनाही छ किनकि रातिको भोजनपछि केहि काम नगरी सुत्ने गर्छौ। पेटमा दहि पच्दैन यसले गर्दा अनेकौ साइट इफेक्ट हुन्छ। जसकारण शरीरमा धेरै प्रकारको रोग पैदा हुन्छ। त्यसैले रातीको समयमा दहि खानु हुदैन।

सुख्खा मासु
मासु जति सुक्दै गयो त्यसमा ब्याक्टेरियाहरु हुने गर्दछ। जसले सुक्खा मासु खान्छ त्यसले मासुमा रहेको ब्याक्टेरियाहरु पनि खान्छ र अनेकौ प्रकारको रोग पैदा हुन्छ। त्यसैले सकेसम्म सुख्खा मासु नखाएकै राम्रो।

बिहान ढिलासम्म सुत्नु
बिहान ढिलासम्म सुत्ने मानिसको आयु छोटो हुन्छ। बिहानको वायु एकदम शुद्ध हुन्छ। उक्त वायुले मानिसको स्वास नलीलाई स्वस्थ राख्न मद्दत पुर्याउछ। जो ढिला उठ्छ त्यसले उक्त शुद्ध वायु लिन पाउदैन। त्यसकारण शरीरमा अनेकौ रोग लाग्न सक्छ। त्यसैले बिहान ढिलासम्म सुत्नु हुदैन।

मसान घाटको धुँवा
मसान घाटमा दह सस्कार गर्ने गरिन्छ। मानिसको मृत्युपछि शरीरमा अनेकौ ब्याक्टेरिया र भाइरस हुन्छ जसले हाम्रो शरीरमा संक्रमण गर्न सक्छ। यस्तै शवहरु मसान घाटमा कति जलाउछन् कति थाहा नै हुदैन। जब शव जल्छ तब कुनै ब्याक्टेरिया शवसंगै जल्छ त कति वायुमण्डलमा उड्ने गर्छन। त्यस्ता भाइरसहरु स्वास लिने क्रममा हाम्रो शरीरमा प्रवेश गर्छ। त्यसैले मसान घाट वरिपरि नगएकै राम्रो हुन्छ।

बिहान मैथुन गर्दा
बिहानको समय बिशेष गरि योगा र ब्यायाम गर्ने समय हो तर यस बेला मैथुन गर्न थाले,मा शरीर कम्जोर हुन्छ। त्यसैले बिहानको समयमा मैथुन गर्नु हुदैन।

प्रतिक्रिया