गर्मिमा प्याज खानु कतिको उचित थाहा पाउनुहोस्

रिता घिसिंग

एजेन्सी : केही साता अघिदेखि गर्मी ह्वात्तै बढेको छ । यस्तो गर्मी सिजनमा मानिसहरुले खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । गर्मी सिजनमा कयौं मानिसहरुले आफूलाई तन्दुरुस्त राख्न चिसो चिज बढी खान्छन् । केहीले त आफ्नो भोजन नै कम गर्ने गर्छन् । साथै केही मानिसहरुले मौसम अनुसारको भोजनमा पनि विशेष ध्यान दिन्छन् । ती भोजनहरु मध्ये प्याज पनि एक हो । प्याज हाम्रो मुलुकमा पनि बढी प्रयोग गरिने खाद्य पदार्थ हो ।

हामीले प्याजको प्रयोग बढी मात्रामा भान्छामै प्रयोग गदैृ आएका छौं । यसरी हामीले दिनहुँ उपयोग गर्दै आएका प्याजका कयौं गुणहरु रहेका छन् । यो एक बेजोड खालको औषधि पनि हो । प्याजको प्रयोग धेरै रोगको उपचारको लागि हुने गरेको छ ।

प्याजको सेवनले इम्यसनिटी पावर बढाउछ । अनुहारमा नरम पन , आँखाको ज्योती बढ्छ । प्याजमा कयौं पोषक तत्व हुन्छ । जस्तो भिटामिन सी, फलाम जस्ता बहुमूल्य खनिज पदार्थ पाइन्छ ।

प्याजमा लगभग ११ प्रतिशत कार्बोहाइड्रेट पाइन्छ ।यस्ता छन् अन्य फाइदाहरुः
गर्मी याममा खाना सजिलै नपच्ने भएकाले कतिपयलाई पेटसम्बन्धी समस्या हुन्छ । तारेको, भुटेको खाना खाँदा समस्या झन् बढ्छ । यसो हुँदा प्याज प्रयोग गर्न सकिन्छ ।
जाडो यामको तुलनामा गर्मीमा उच्च रक्तचापको समस्याले सताउँछ । विशेष गरी, गर्मी मौसममा मुटु रोगीको रक्तचाप नियन्त्रणमा रहिरहनु आवश्यक हुन्छ । रक्तचाप नियन्त्रणमा राख्न मुटु रोगीले प्याज खानुपर्छ । यसमा भएको तत्वले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।
गर्मीमा कतिपयलाई धेरै पसिना आउँछ । पसिनाले गर्दा धुलो र फोहोर छालामा सजिल्यै टाँसिन्छन् । जसका कारण छालासम्बन्धी विभिन्न समस्या देखापर्छन् । यी समस्याबाट बच्न प्याज प्रयोग गर्न सकिन्छ ।
सौन्दर्यका लागि पनि प्याज लाभदायी छ । गर्मीमा बढी पसिना आउँदा धुलो टाँसिएर कपाल चिपचिप हुनेगर्छ । यसो हुँदा प्याजको रस लगाउनु फाइदाजनक हुन्छ । प्याजको रसले कपालको जरा बलियो बनाउँछ ।

प्रतिक्रिया