गर्मीमा यसरी जोगाउनुहोस् आँखा

रिता घिसिंग

एजेन्सी : गर्मी बढेसँगै आँखा सम्बन्धि अनेकन समस्याहरु देखिन थालेको छ । आँखा पोल्ने, आँखा पाक्ने जस्ता समस्याबाट गर्मी मौसममा जोगिन निकै मुस्किल पर्ने गर्दछ । अझै रोगको जड कारण भनेको दिन प्रतिदिन बढ्दै गएको प्रदूषण हो । बढ्दो वायु प्रदूषणको कारण पनि आँखामा विभिन्न खालका समस्या देखा पर्ने गरेको छ । आँखालाई स्वस्थ राख्न र इन्फेक्सन हुन नदिनको लागि अपनाउनु पर्ने सामान्य सावधानीको बारेमा आज हामीले चर्चा गरेका छौँ ।

प्रदुषणका कारण हावामा हुने धुलो र धुँवाले आँखा सुख्खा हुने, चिलाउने, रातो हुने जस्ता समस्या देखा पर्दछन् । यदि यि मध्ये कुनै समस्या देखिएमा तुरुन्त चिकित्सकसँग सल्लाह लिनुपर्दछ ।

हामी मध्ये धेरैको बानी हुन्छ आँखा चिलायो भनेर मज्जाले मिच्ने । तर आँखामा छुनु अघि आफ्नो हात सफा गरेर मात्र छुनु पर्दछ ।
चर्को घाममा होस् या धुलोमा । यदि तपाई बाहिर निस्कँदै हुनुहुन्छ भने सनग्लास लगाउन नबिर्सिनुहोस् ।

यदि तपाईको आँखामा कुनै समस्या छ भने मेकअपबाट टाढै रहनुहोस् । आँखा मेकअप गर्दा त्यसमा हुने केमिकलले झन् समस्या बढाउन सक्दछ।

बाहिरबाट फर्किसकेपछि सफा र चिसो पानीले आँखा धुने गर्नुहोस् । यदि तपाई चाहनुहुन्छ र उपलब्ध छ भने आँखामा गुलाब जल पनि राख्न सक्नुहुनेछ।

प्रतिक्रिया