गर्लफ्रेण्डले अरुसंग रमाइलो गरेपछि यी व्यक्तिले गरे बिच सडकमै ३ व्यक्तिको हत्या (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : अहिले सामाजिक संजालमा एउटा निकै डरलाग्दो भिडियो सार्वजनिक भएको छ । भिडियोमा एक व्यक्तिले १५ सेकेण्डभित्रै ३ जनाको हत्या गर्छन् । ती व्यक्तिले पहिले गार्डलाई गोली हाने, त्यसपछि गर्लफ्रेण्डलाई गोली हानेर मारेपछि आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् । यो पूरै घटना सिसिटिभी क्यामेरामा रेकर्ड भएको थियो । एक प्रत्यक्षदर्शीले पुलिसलाई बताएअनुसार ती व्यक्तिले ब्रकअपपछि गर्लफ्रेण्डलाई लगातार फोन गरिरहेका थिए तर गर्लफ्रेण्डले कुनै जवाफ दिइरहेकी थिइनन् ।

ती व्यक्तिले पछि थाहा पाए कि उनकी गर्लफ्रेण्ड साथीहरुसँग रमाइलो गरिरहेकी छिन् । त्यसपछि ती व्यक्ति रक्सी पिएर त्यहाँ पुगे । उनले युवतीलाई साथीसँग देखेपछि हात समातेर आफूसँग लैजान लागे । युवतीले हात छुटाउने कोसिस गरिरहिन् । रोड पार गरेपछि युवतीले पूर्वप्रेमीलाई रोकिन् । भिडियोमा देखिएको छ कि उनीहरुबीच केही कुरा भएको छ । त्यही बेला पर उभिएका मानिसहरु युवतीलाई मद्दत गर्न पुगे । त्यही बेला रिसाएका ब्वाइफ्रेण्डले एक गार्डलाई गोली हाने । त्यसपछि गर्लफ्रेण्डलाई गोली हाने अनि आफूलाई पनि गोली हानेर आत्महत्या गरे ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया