गाँउमा युवा जनशक्ति नभएपछि खेत जोत्दै मीना सिर्पाली (फोटोफिचर)

रिता घिसिंग

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ की १३ वर्षिया बालिका मीना सिर्पाली खेत जोत्दै । यहाँका प्रायजसो युवा धन कमाउन विदेश गएका कारण गाउँमा भएका महिला आफैँले खेतबारीको काम गर्नुपरेको छ । तस्वीरः अमरराज पुन, मुसिकोट, रासस

म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा धान भित्र्याउँदै गरेका कृषकहरु । यहाँका कृषकहरु अझै पनि खेतमा पाकेको धान भित्र्याउन व्यस्त बनेका छन् । तस्वीरः कमल खत्री ,बेनी (म्याग्दी), रासस

इलामको माई नगरपालिका– ३ स्थित मुसेटार फाँटमा धान काट्दै दुई वृद्ध महिला । युवा जनशक्ति वैदेशिक रोजगारीमा गएपछि इलामको दक्षिणी क्षेत्रमा श्रमिकको अभाव भएको छ । तस्वीर ः गंगा पराजुली÷पशुपतिगनर रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू