गायक उदित नारायण झालालाई पटक-पटक आयो ज्यान मार्ने धम्की

मनिषा थापा

एजेन्सी : बलिउडका चर्चित गायक उदित नारायण झालाई ज्यान मार्ने धम्की आएको छ। अपरचित व्यक्तिले ज्यान मार्ने धम्कि दिएपछि दुई हप्ताअघि उनले उजुरी दर्ता गरेका थिए। उनलाई धम्कि दिने व्यक्तिको खोज भईरहेको छ भने उनको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको खबर छ।

पछिल्लो एक महिनादेखि निरन्तर उनलाई एक अपरिचित व्यक्तिले फोन मार्फत धम्की दिइरहेको छ । पुलिसका अनुसार अपरिचित व्यक्तिले अहिलेसम्म ज्यान मार्ने धम्की बाहेक रकम लेनदेनको कुरा भने गरेको छैन । फोन नम्बर नेपाल सीमावर्ती भारतको बिहारको भएको आफ्नो नाम लक्ष्मण बताएको पाइएको छ । पटक-पटक फोन नम्बर परिवर्तन गरेर उक्त व्यक्तिले धम्की दिइरहेको छ । पुलिसले चोरीको मोबाइलबाट धम्की आएको जनाएको छ ।

मुम्बई पुलिस घटनाको अनुसन्धानका लागि बिहार आउने तयारी गरेको छ । नेपाली मुलका उदित मुम्बईको अंधेरी वेष्टमा बसोबास गर्छन् । भारतीय सुरक्षाकर्मीले अहिले उदित नारायणको घर आसपासको क्षेत्रमा समेत सुरक्षा दिइरहेका छन् । सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरिएको छ । उदितको घरआसपास आउने व्यक्तिमा पनि निगरानी राख्न थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू