गायक दुर्गेश थापा पक्राउ !

मनिषा थापा

पिएनपिखबर : गायक दुर्गेश थापा पक्राउ परेका छन् । हिन्दुहरुको माहानचाड तिहारको गीतलाई अराजकता फैलाई सामाजिक सहिष्णुता बिगारेको आरोपमा थापालाई अपराध महाशाखाको टोलीले मंगलबार पक्राउ गरेको हो।

गायक दुर्गेश थापाको नयाँ गीत ‘ह्यापी तिहार चिसो वियर’लाई विरोध गर्दै जिल्ला प्रशासन कार्यलाय काठमाडाैंमा उजुरी परेको थियो। उक्त उजुरीका आधारमा प्रहरीले गायक थापालाई बोलाएको थियो । उनीसँगको सोधपुछ गरी सामाजिक सहिष्णुता बिगार्ने शब्द प्रयोग गरिएको गीत हटाएर छोड्ने प्रहरीले तयारी गरेको जानकारी छ।

गायक दुर्गेशको उक्त गीतमा मध्यपानलाई प्रशय दिएर सामाजिक, धार्मिक र साँस्कृतिक क्षेत्रमा ठेस पुर्याएको भन्दै सामाजिकसंजालमा चौतर्फी विरोध भईरहेको छ।

प्रतिक्रिया