प्रविण घर्ति मगर र जमुना रानाको ‘उडायो पछयौरी’ सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, १८ पुस  :  पछिल्लो समय व्यापक चर्चामा रहेको प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा दुर्गा शाहीको लोकदोहोरी सौगात गायक प्रविण घर्ति मगर र गायिका जमुना रानाको आवाजमा ‘उडायो पछयौरी’ गीतको भिडियो सार्वजनिक भएको छ ।

दुर्गा शाहीको शब्द सिर्जनामा रहेको गीतमा मायालुको यादमा सताएको कुरालाई गीतमा समेटिएको छ । आफ्नी प्रेमीकालाई बिर्सन नसक्ने कुरा गीतमा पोखिएको छ । आफ्नो माया निकै गाढा रहेको कुरा गायकले बताएका छन । केशव गाहा मगरको गीतमा लय सिर्जना रहेको छ । बासु न्यौपानेको छायाँकन, अविनास डिसीको सम्पादन, बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतको मर्म बमोजिमको भुमिकामा सञ्चिता शाही र सुरज रावलको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया