गायक भुसालको ‘झरी’ सार्वजनिक (भिडियोसहित)

admin

काठमाडौं, मंसिर ११ : गायक सान भुसालको स्वरमा ‘झरी’ बोलको नयाँ आधुनिक गीत सार्वजनिक भएको छ । उक्त सार्वजनिक गीतमा कपिलराज गिरीको शब्द रहेको छ भने गायक सान भुसालकै संगीत सुन्न सकिन्छ । उक्त गीतको म्युजिक भिडियोलाई म्युजिक नेपालको युट्युव च्यानलले बजारमा ल्याएको हो ।

भिडियोमा मोडल रितेशराज गुरुङ र दिपिका केसीको अभिनय रहेको छ । भिडियोलाई रोशन लामाले निर्देशन गरेका हुन् । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई रोशन श्रेष्ठले सम्पादन गरेका छन् ।

प्रतिक्रिया