गीतकार श्री सिवाको बैदेशिक पिडा समाबेश गीत भिडियो सार्बजनिक

admin

काठमाडौं : राजेश पायल राइको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘स्वदेश’ बोलको गीतमा गीतकार श्री सिवाको शब्द रचना रहेको गीतमा संगीत पुष्प गजमेरको रहेको छ । श्री सिवा लामो समय देखि अमेरिका बसेर नेपाली गीत संगीतमा सक्रिय नाम हो ।

फणिन्द्र राइको संगीत संयोजन रहेको गीतको भिडियोलाइ राज खड्काले निर्देशन गरेका हुन् । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाइ बिष्णु खड्काले सम्पादन गरेका हुन् भने बिकाश ज्ञवालीले कलर संयोजन गरेका छन् ।

राज खड्का र ऋचा शर्माको अभिनय रहेको भिडियोमा स्वदेशमै बसेर केहि गर्ने र विदेश नजाने कुराहरु गरिएको छ निर्देशक राजले आफ्नो मातृभूमिमा केहि गरेर बस्ने युवाको कथालाई पर्दामा उतारेका छन् ।

 

प्रतिक्रिया