गीतकार सिन्चुरी सुरेश घमालको गीति एल्बम “शब्द रचना” बजारमा

शर्मिला गुरुङ

काठमाडौँ, २२ पुस : गीतकार सिन्चुरी सुरेश घमालको एकल रचनामा गीति एल्बम ‘शब्द रचना’ सार्बजनिक गरिएको छ । नयाँ बर्षको शुभारम्भ सँगै उक्त एल्बम सार्बजनिक गरिएको हो । दर्शक श्रोताको मनमा बस्न सफल गायक शिब परियारको आवाजमा रहेको ‘सबैले मलाई घृणा गरे पनि’ गीत सहित एल्बममा ११ वटा गीत समाबेश गरिएको छ ।

केहि चलचित्रमा समेत गीत लेखि सकेका सुरेशको सार्बजनिक गीति एल्बममा आधुनिक मेलोडियस गीतहरु समाबेश छन् । एल्बममा समाबेश गीतको भिडियो पनि सार्बजनिक गरिएको छ ।

एल्बममा समाबेश गीतहरुमा संगीतकार दिपक शर्मा, निम संगीत, कुमार गुरुङ, पुरुसोत्तम न्यौपानेको संगीत रहेको छ । आधुनिक गीतहरु समाबेश एल्बमका गीतमा गायक शिब परियार, प्रमोद खरेल, स्वरुप राज आचार्य, कुमार गुरुङ, पुर्णिमा लामा, सुधा रत्न, रारा अधिकारी ढुंगेल, रेक्स गुरुङको स्वर समाबेश गरिएको छ । आजभोली संगीत किनेर सुन्ने अवस्था नभए पनि आफ्नो शृजनाहरुलाइ लुकाई राख्न भएन त्यसैले एकल एल्बम सार्बजनिक गरेको गीतकार सुरेश बताउछन् ।
भिडियोमा हेर्नुहोस सिन्चुरी सुरेश घमालको ‘शब्द रचना’:

प्रतिक्रिया