व्यंग्य गर्न सिपालु ‘रुञ्चे’ गायक प्रकाश पौड्यालको अर्को व्यंगात्मक गीत सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, २२ मङ्सिर : नेपाली समाजमा हुने सत्य तथ्य कुरालाई, कुरितीलाई संगीत मार्फत व्यंग्य गर्न सिपालु ‘रुञ्चे’ गायकका रुपमा परिचित प्रकाश पौड्यालका ‘नाइ मलाई त्यही केटी चाहिन्छ’, ‘डाक्टर साब भिटामिन लेख्दिनुस् न’, ‘तितेपाती तितेपाती झ्याप झ्याप’ बोलका गीत चर्चित छन् । यी गीतहरु सँगै पछील्लो समय उहाँको एल्बम ‘आची खाउ’ अर्थात ‘आलु चिउरा खाउ’ बोलको नयाँ गीत बुढा सुब्बा म्युजिक प्रालीको युटुब च्यानलबाट शुक्रबार सार्वजनिक भएकोछ ।

सञ्चारकर्मी गोपाल दाहालको शब्द, दिपराज न्योङ्हाङको सङ्गीत रहेको गीतमा गायक पौडेल र मुना पाख्रिनको स्वर रहेको छ । पछील्लो समय मोटो पनको समस्या बढे सँगै मानिसहरु मोटो पन अर्थात पेट घटाउनलाई, बिभिन्न उपाय गरिरहेको बेलामा मोटोपनलाई कसरी घटाउने भन्ने विषयमा व्यङ्ग गरिएको गायक पौड्यालले बताउनु भयो । युनाइटेड डान्स सेन्टर धरानको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई रोशन श्रेष्ठले छाँयाकंन तथा प्रकाश तुलाधरले सम्पादन गर्नुभएको हो । पौडेल आफैंले निर्देशन गरेको भिडियोमा राजीव दाहाल, सुर्वण पाख्रीन, एस्तर तामाङ, विराट अनुपम, नविन विशालले अभिनय गरेका छन् ।
हेर्नुहोस भिडियो:

प्रतिक्रिया