गुरु पुर्णिमाको दिनमा हुने मन्दिरको बार्षिकाेत्सवमा सहभागी हुन भक्तजनलाइ भवानी माताकाे आह्वान

राष्ट्रिय समाचार समिति

काठमाडाै: यहि ३१ गते आउदै गरेको गुरु पुर्णिमाको दिनमा शिवशक्ति नागस्वरुप मन्दिरको आउदै गरेको बार्षिकोत्सवमा उपस्थित हुन सबै भक्तजनलाई भवानी माताले आग्रह गरेकी छिन । गत वर्ष विश्व शान्तिको कामना गर्दै सप्ताह कार्यक्रम गरिसकेकी माताले यस वर्ष भने १ महिने चार धाम यात्रा सकेर बिश्व शान्तिको कामना सहित हालसालै नेपाल फर्किएकी हुन।

पछिल्लाे समय ज्योतिष, माताको हवाला दिदै जनमानसमा त्रास फैलाउन लागी परेकाहरुलाई सचेत हुन आग्रह गर्दै आगामी दिनमा जनमानसमा त्रास फैलाउने काम बन्द गर्न आग्रह पनि गरिन।

भबिष्यवाणीको नाममा आर्थिक प्रलोभनमा परेर आवेशमा आएर अनावश्यक बोल्नु गुरु, ज्योतिष, माताको काम होइन भन्दै समस्या समाधान गर्न पनि अग्रसरता देखाउनु पर्ने उनले बताइन।

प्रतिक्रिया