गोरु काट्ने दश जना पक्राउ

admin

सुनसरी, १ पुस : सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१७ स्थित चारकोशे जङ्गल क्षेत्रमा गोरु काटेको अवस्थामा दश जनालाई शुक्रबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । अवैध रुपमा गोरु काटेर मासु बिक्री वितरण गर्ने कार्यमा संलग्न रहँदै आएको अवस्थामा धरान उपमहानगरपालिका–३ का राजेश खड्गी, राजेन्द्र खड्गी, आशीष खड्गी धरान–११ का अनिल साही र अनिष साहीलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको हो ।

यसैगरी सोही अपराधमा सुनसरी भोक्राहानर्सिङ्ग–३ का वाहिस मियाँ, रिजवान मियाँ, साहदत्त मन्सुरी आशीष मन्सुरी र मोहम्मुदिन मन्सुरीलाई समेत पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरुलाई धरान उपमहानगरपालिका क्षेत्रमा लामो समयदेखि गोरु बध गरी गैरकानूनी कार्य गरेको अभियोेगमा प्रहरी हिरासतमा लिई कार्वाही अघि बढाइएको पनि इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।
-रासस

प्रतिक्रिया