ग्वार्को आकाशे पुलबाट हाम फालेका राईको मृत्यु

रिता घिसिंग

काठमाडौं : कोटेश्वर-कलंकी सडकखण्डको ग्वार्काेमा रहेको आकाशे पुलबाट बिहिबार बिहान हाम फालेर गम्भीर घाइते भएका कीर्तिमान राईको उपचारको क्रममा मृत्यु भएको छ ।

ताप्लेजुङ हाङपाङका-२ का ६० वर्षीय राईले आकाशे पुलबाट हाम फालेर गम्भीर घाइते भएका थिए। राईको उपचारका क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको छ।

राई केही तनावमा भएको बताइए पनि पुलबाट हाम फाल्नुको कारण नखुलेको प्रहरीले बताको छ । शवको पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइने प्रहरीले बताएको छ ।

राई अहिले कोटेश्वरमा रहेको आफ्नै घरमा बस्दै आएका थिए ।

प्रतिक्रिया