घट्यो सुनको भाउ

मनिषा थापा

भक्तपुर :  साताको तेस्रो दिन मंगलबार बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला सुनको मूल्य ६३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला सुनको मूल्य ६३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, सोमबार तेजावी सुनको मूल्य ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला सुनको मूल्य ६२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, मंगलबार पनि चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

सोमबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि चाँदी प्रतितोला ७ सय २० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया