घरको पुजा कोठाले बढाउछ सकारात्मक उर्जा तर ध्यान दिनुहोस यी ७ कुरा

रिता घिसिंग

पिएनपिखबर : घरमा पुजा कोठा हुनु राम्रो हो। यसले घरमा सकारात्मक उर्जा पैदा गरि राख्छ। हिन्दु धर्ममा पुजा स्थलमा यस्ता चिजहरु राख्नु पर्ने बारेमा जानकारी दिईएको छ जसले गर्दा शुभ फल प्राप्त हुने गर्दछ। वास्तुअनुसार घरको मन्दिर सम्बन्धि यी बिशेष कुरामा ध्यान राख्नु राख्नुहोस् ।

१, पुजा कोठामा भगवान श्रीगणेश, लक्ष्मी र सरस्वतीको उभिएको मुर्ति वा तस्बिर नराख्नुहोस्। पुजा गर्ने मुर्ति बसेको नै हुनु पर्दछ।

२,यदि घरको पुजा कोठा सानो छ भने धेरै मुर्तिहरु नराख्नुहोस्। दिनहु पुजा कोठा सफा गर्नुहोस।

३, पुजा कोठा वरिपरी अग्नि सम्बन्धि उपकरण जस्तै : इन्वर्टर र विद्युत मोटर इत्यादी नराख्नुहोस्।

४, पुजा गर्ने मानिसको अनुहार पश्चिम पट्टि फर्किनु शुभ मानिन्छ। यसका लागि पुजा स्थलको द्वार पुर्ब पट्टि हुनुपर्छ।

५, पुजा कोठा वरिपरी शौचालय हुनु हुदैन।

६, पुजा कोठामा पुरानो कपडा वा फोहोर बस्तु नराख्नुहोस्।

७, पुजा कोठामा सधै मधुरो बल्ब बाल्नुहोस्। अध्यारो नराख्नुहोस्।

प्रतिक्रिया