घरको मुख्य द्वारमा नलगाउनुस कालो रङ नत्र…….

मनिषा थापा

पिएनपिखबर : घरमामा कुनै न कुराले सधै जसो विवाद भईरहन्छ अथवा घरको सदस्य सधै विरामी भईरहन्छन भने त्यस घरमा वास्तु दोष पनि हुनसक्छ। केहि सामान्य कुरामा ध्यान राख्यो भने वस्तु दोष हट्न सक्छ। यी हुन् ५ यस्तो वास्तु दोष जसकारण घरमा सधै अशान्ति बनिरहन्छ।

  • घरको मुख्य ढोकामा कालो रङ लगाउन हुँदैन। वास्तुअनुसार, यसबाट परिवारको मुख्य व्यक्तिलाई धोका, अपमान र लगातार नोक्सानको सामना गर्नुपर्दछ।
  • घरको मुख्य ढोका अरु ढोकाभन्दा ठुलो हुनुपर्छ। यदि मुख्य ढोका अरु ढोकाभन्दा सानो छ भने आर्थिक समस्या भईरहने गर्छ।
  • सूर्योदयको समय घरको झयाल खुल्ला राख्नु पर्दछ। यसबाट घरमा सकारात्मक उर्जा प्रवेश गर्दछ।
  • घरको ढोकाको पछाडी कुनै पनि हतियार अथवा लट्ठी राख्नु हुदैन। यसबाट घरको सदस्यमा विवाद भईरहने गर्छ।
  • घरको कुनै पनि कोठमामा वास बेसिन हुनु हुदैन जसकारण प्रेम सम्बन्धमा समस्या ल्याउने गर्छ। राख्ने परेमा पर्दाले ढाक्नु उपयुक्त हुने गर्छ।

प्रतिक्रिया