घरमै यी फलका बोक्राद्वारा बनाउनुहोस् शरीरको मुसा हटाउने औषधी !

मनिषा थापा

एजेन्सी  :   यदि तपाई शरीरमा आउने अस्वभाविक मुसाबाट हैरान हुनुहुन्छ र यसलाई हटाउने उपायहरु खोजीरहनु भएको छ भने तपाईको घरमै पाइने खाद्यबस्तु यसको उपचार हुनेछ ।

शरीरमा मुसा आउनु पछाडीको जैविक कारण भनेको ह्युमन पैपिलोमा भाइरस हो जुन सामान्यरुपमा एक पिग्मेन्ट कोशिकाहरुको समूह हो । मुसा सामान्यत कालो फुस्रो र‌ंगको हुन्छ । यदि यसको समयमा उपचार हुनसकेन भने भविष्यमा त्यसले क्यान्सरजस्तो भयानक रोगको रुप लिनसक्छ । तर घरेलु र आयुर्वेदिक उपचारको मद्दतबाट यसको उपचार गर्न सकिन्छ ।

यसको लागि सबैभन्दा पहिले तपाई मुसाको ठूलो दुश्मन केराको प्रयोग गर्नुहोस् । केराको बोक्रामा अक्सीकरण रोधी तत्व पाइन्छ जुन मुसालाई हटाउनका लागि सहयोगी हुन्छ । मुसा हटाउनका लागि केराको बोक्रालाई रातभरी लगाउनुहोस् । यसो गरेमा एक रातमा नै तपाई मुसाबाट छूटकारा पाउन सक्नुहुन्छ ।

केराको अलावा आलुको बोक्रा पनि मुसाबाट छूटकारा पाउने राम्रो औषधी हुनसक्छ । यसका लागि आलुको बोक्राका पेस्ट बनाएर मुसामा राख्नुहोस् ।

मुसाको अर्को उपचार घ्यु र चुना पनि हो । घ्यु र चुनालाई समान मात्रामा मिसाएर त्यसको लेप मुसामा राखेमा योबाट निजात पाइन्छ । तर यी उपचारहरु प्रयोग गर्न अघि एकपटक ती लेपलाई आफ्नो छालामा प्रयोग गर्नुहोस् ।

प्रतिक्रिया