घर फर्कन नै चाहदैनन् बिरामी बेलायती नागरिक, सामजिक संजालमा अफवाह फैलाएको भन्दै समाजसेवीहरु आक्रोशित (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : केहि दिन यता एक बिरामी बिदेशी नागरिकको खबरले सामाजिक संजाल तातीरहेको छ। अस्पतालमा जीवन र मरणको दोसाधमा छटपटीरहेका ती बिदेशी नागरिक बेलायतका हुन् । उनको नाम फिलिप्स हो ।

उनका लागि सहयोग आएको र उनका लागि सहयोगी धेरै आएको सुनेर हामी पिएनपी टिम उनको उपचार भइरहेको स्थान बीर अस्पतालमा जाँदा एक जना समाजसेवी क्रिस्टिना मात्र सहयोगमा जुटेको भेटिएको थियो । विर अस्पतालमा उनको उपचार सम्भव नहुने र विर अस्पतालमा आइसियु समेत उपलब्ध नभएपछि उनलाई आइसियु सहितको उपचारका लागि काठमाडौं मेडिकल कलेजमा पुर्याइएको छ ।

कतिपय संचारकर्मीहरुले सामाजिक संजालमा मैले सबै दायित्व लिईरहेको छु भन्दै भिडियो पोस्ट गर्ने तर अस्पतालमा आउदा कोहि नदेखेपछि समाजसेवी क्रिस्टिना श्रेष्ठ अचम्मित परेकी थिइन्। यसरि सामाजिक संजालमा भिडियो पोस्ट गरि बस्नु भन्दा अस्पतालमै आएर सहयोग गरि दिनु हुन उनि अनुरोध गर्छिन । उनलाई लिभर क्यान्सर ,हेपाटाइटिस सी र डाइबेटिस रोग लागेको छ।

बेलायती एम्बेसीले केहि सहयोग नगरेको र उनले बोलेको पनि खासै नबुझीने डाक्टर बताउछन्। उनको उपचार मिडियाकर्मीले नभई अहिलेसम्म भोलूंटियरहरुकै सहयोगमा भैरहेको डाक्टरले बताए।

फिलिप्सको अहिले भिसा मिति पनि नागिसकेको छ। सामाजिक संजालमा जसरि फिलिप्स स्वदेश फर्किन चाहेको कुरा फैलाईरहेको छ तर वास्तबमा उनको हेरचाह गर्ने श्रीमतीको मृत्यु भएको र छोरी कहाँ छ भन्ने उनलाई नै थाहा नभएका कारण उनि स्वदेशमा फर्कन नचाहेको समाजसेवी श्रेष्ठ बताउछिन। उनलाई बेलायत पठाउनु भन्दा पहिला मानवताको हिसाबले उपचार र हेरचाह गर्न आउनु पर्ने उनि बताउछिन ।

बाँकि हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू