घुँडा दुख्ने समास्या छ ? यसो गर्नुहोस

मनिषा थापा

घुँडा मानव शरिरकाे महत्त्वपूर्ण जाेर्नी मध्य एक हाे। हामी हिँडडुल गर्दा ,खेल्दा, दाैडदा, पलेटी मारेर बस्दा , दिशा पिसाब गर्दा ,उठ्दा बस्दा घुँडा नै बढी चल्छ। त्यसैले हाम्राे घुँडामा समस्या अाउँदा दैनिक कामकाज मा निकै असर पर्दछ। अचेल घुँडा दुख्ने समस्या धेरै जनामा देखा पर्न थालेको छ।

घुँडाको दुखाई निकै पीडादायक हुने गर्दछ। यहाँसम्म कि यसले सामान्य हिँडडुल गर्न मात्र होइन दैनिक क्रियाकलापमा समेत जटिलता थपिदिने गर्दछ। झन् शरीरको तौल बढी भएको या उमेर बढी भएको अवस्थामा घुँडाको दुखाइ पीडादायक हुने गर्दछ। घुँडा दुख्ने अनेक कारण हुने गर्दछन्स लिगामेंट च्यातिनु, चोटपटक लाग्नु या शरीरमा युरिक एसिडको मात्रा बढ्नु। कतिपयमा घुँडा खिइने समस्या पनि देखा पर्न सक्छ त्यसैल लामो समय यस्तो दुखाइ रहिराखेमा चिकित्सकको परामर्श लिनु उपयुक्त हुन्छ।

कसरी हुन्छ निदान ?

विशेष गरेर घुँडा दुख्ने समस्यामा डाक्टरले एक्सरेबाट रोग लगाउने गर्दछन् तर युरिक एसिड बढेको खण्डमा भने प्रयोगशाला जाँचको आवश्यकता पर्ने हुन्छ।

के हो घुँडा खिइने समस्या?

घुँडा खिइनु एउटा प्राकृतिक प्रक्रिया हाे। यसमा उमेर प्रमुख कारण मानिन्छ । उमेर ढल्दै गएपछि बढी मात्रामा घुँडाकाे हाड खिइने भएपनि युवा अवस्थामा पनि यो समस्या भएको पाइन्छ । प्राय: यो राेग ४५ वर्ष कटेपछि देखिन्छ । यो समस्या पुरुषकाे तुलनामा महिलालाई बढी देखिने गरेको छ । कसैकसैलाई भने वंशाणुगत रूपमै यो समस्या देखा पर्न सक्छ । त्यस्तै चाेटपटक लाग्दा,धेरै शारीरिक परिश्रम गर्दा साथै शरीरकाे ताैल अत्यधिक मात्रामा बढ्दा पनि यो समस्या देखिन्छ । त्यस्तै अव्यवस्थित खानपिन, पाेषणयुक्त खानाको कमीले गर्दा पनि घुँडा खिइने गर्छ ।

घुँडा खिइँदा देखिने लक्षणहरुः-

१. घुँडा धेरै दुख्नु ।

. खुट्टा सुन्निनु ।

. घुँडा बाङ्गाे देखिनु ।

४. जाेर्नी कडा हुनु ।

५. बसेपछि उठ्न नसक्नु ।

. टुक्रुक्क बस्दा,पलेटी मार्दा गार्‍हो हुनु ।

७. अाेरालाे झर्दा कठिन हुनु ।

घुँडा खिइनुकाे बाट जाेगाउने केही उपायहरु:-

१. घुँडा मारेर धेरै बेरसम्म नबस्ने ।

२. अनावश्यक रुपमा भर्याङ्ग तल माथि नगर्ने

३. पाैष्टिक अाहार खाने ।

४. घुँडालाई चाेटपटक लाग्नबाट बचाउने ।

५. शारीरिक व्यायाम नियमित गर्ने जस्ले गर्दा घुँडा खिइनुबाट बचाउँछ ।

उपचार विधि:-

घुँडाकाे दुखाइ कम गर्न अाराम गर्नु पर्दछ। शरिरकाे ताैलले पनि धेरै असर गर्ने भएकाेले ताैल घटाउनु पर्दछ ।

त्यस्तै नियमित व्यायाम गर्नु पर्नेछ यस्ले घुँडाकाे मांसपेशीलाई बनाउछ र दुखाइ कम हुनेछ ।

घुँडालाई चिसाे बाट जाेगाउनु पर्दछ, त्यसको लागि घुँडाकाे क्याप र ब्रेसेसहरु लगाउनु पर्दछ । यदि धेरै दुखेको खण्डमा १-२ हप्ता सम्म एन्टी इन्फ्लामेटर अाैषधी सेवन गर्न सकिन्छ , तर लगातार अाैषधी सेवन भने गर्नु हुँदैन । यस्ले झनै उल्टाे हानि पुग्न सक्छ ।

चिकित्सककाे सल्लाह विना लामाे समयसम्म अाैषधी खाँदा ग्याष्टिक बढ्नुका साथै मृगौला फेल हुनसक्छ । घुँडाकाे राेगकाे उपचार फिजियाे थेरापी, शल्यक्रिया र अाैषधी सेवन गरी ३ तरिकाले उपचार गर्न सकिन्छ ।

प्रतिक्रिया