घुससहित बनेपा नगरपालिकाका सव–इन्जिनियर पक्राउ

admin

काभ्रे, १ भदौ : काभ्रेको बनेपा नगरपालिकाका सव इन्जिनियरलाई अख्तियार दुरुपयोग आयोगको टोलीले पक्राउ गरेको छ । आयोगको टोलीले बनेपा नगरपालिका– वडा नं.११ का सव–इन्जिनियर (करार) आकाश श्रेष्ठलाई लाई घुससहित पक्राउ गरेको हो ।

श्रेष्ठले २०७२ सालको भूकम्पले पूर्ण क्षति भएको घर निर्माणको लागि सरकारले प्रदान गरेको राहतको किस्ता रकम निकासीको लागि स्थलगत निरीक्षण प्रतिवेदन तयार गर्ने काममा सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले नियन्त्रणमा लिएको हो ।

श्रेष्ठले सेवाग्राहीसँग २५ हजार घुस वापतको रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनलाई बनेपा नगरपालिका वडा नं–८ नाला दोबाटोस्थित द किचन भान्साघर एण्ड रेस्टुरेन्टबाट रंगेहात पक्राउ गरेको हो ।

प्रतिक्रिया