घुस लिँदालिँदै पक्राउ परे बौद्ध वृत्तका डीएसपी श्याम राई

admin

काठमाडौँ, २० असोज:महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राई सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ परेका छन् । रार्इलार्इ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले एक लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै शनिबार साँझ पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह-सचिव तथा प्रवक्ता रामेश्वर दंगालले डीएसपी रार्इ पक्राउ परेको पुष्टि गर्दै विस्तृत विवरण प्राप्त भइनसकेको बताएका छन् । ‘बौद्ध बृत्तका डीएसपी श्याम रार्इ कार्यालय नजिकै घुस लिँदा लिँदै पक्राउ परेका हु्न्’, उनले भने, ‘मुचुल्का उठाउने काम भइरहेकाले यसको विस्तृत विवरण प्राप्त हुने क्रममा छ ।’

प्रतिक्रिया