घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ३ साउन: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ५० हजार घुस लिएको अभियोगमा रामनगर गाउँपालिका सर्लाहीमा कार्यरत इञ्जिनीयर रामजीबाबु यादवलाई पक्राउ गरेको छ ।

सेवाग्राहीसँग गाउँपालिकाको बजेटबाट विद्युत् जडान गर्ने कार्यको प्राविधिक मूल्याङ्कनसहितको कार्य सम्पन्न भएको प्रतिवेदन तयार पार्ने क्रममा यादवले घुस मागेको आयोगको आरोप छ ।

आयोगको बर्दिवासबाट गएको टोलीले मलङ्गवा नगरपालिका– १० अशोका होटलबाट घुससहित यादवलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । आरोपी यादवमाथि थप अनुसन्धान भइरहेको आयोगको भनाइ छ ।

प्रतिक्रिया