घुस लिएको अभियोगमा प्रसनी थापा पक्राउ

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ६ साउन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा प्रहरी चौकी बगाह, रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेमबहादुर थापालाई नियन्त्रणमा लिएको छ ।

निज प्रसनी थापाले हार्डवयरको सामान बिक्री वितरणका लागि सहज वातावरण बनाइदिने भन्दै सेवाग्राहीसँग रु तीन हजार ५०० घुस लिएको अवस्थामा रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित एक रेष्टुरेन्टबाट घुससहित नियन्त्रणमा लिएको हो । उनले पटकपटक सो क्षेत्रका व्यापारीमाथि घुस माग्दै दुःख हैरानी दिई व्यवसायमा कठिनाइ पु¥याएकोसमेत अख्तियारले जनाएको छ ।

निजलाई गए राति नियन्त्रणमा लिइएको भए पनि अख्तियारले आज मात्र सार्वजनिक गरेको हो । निज प्रसनी थापालाई आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया