चकलेट र पैसा दिएर १३ बर्षकी दृष्टिविहिन बालिकाको शिक्षकद्वारा नै बलात्कार, नन्दाले खोलिन रहस्य (भिडियो)

मनिषा थापा

पिएनपिखबर : कालिकोटमा जन्मिएकी नन्दा सिङ हाल कपनमा बस्दै आएकी छिन् । उनी दिष्टि विहिन महिला हुन् तर जन्मजात नै दिष्टि विहिन भने हैनन्। अरुलाई अन्याय र अत्याचार भएको देख्न नसक्ने नन्दा एक समाजसेवी पनि हुन्। समाजसेवी नन्दाको जीवनमा धेरै यस्ता घटना घटेका छन् जुन सुन्दा काल्पनिक जस्तो लाग्ला तर यो उनको यथार्थ घटना हो।

उनी तिन वर्षको उमेर हुँदा ६ महिनासम्म झाडापखाला लाग्दा पनि उनलाई अस्पताल लगिएन। उनी झन्झनै सिथिल हुदै गइन्। उनको अन्तिम अवस्था भइसकेको थियो। अब छोरी मरिसकी भनेर उनका बुबाआमाले उनलाई गाड्न भनेर सेतो कपडाले बेरेर राखे। करिव ४ बजे तिर उनलाई मरेको सोचेर सेतो कपडाले बाधेर राखिएको थियो। उनको संस्कार अनुसार बच्चालाई बिहानपख मात्र दाहसंस्कार गर्नु पर्ने भएकोले। त्यो रात त्यसै राखियो। रातको करिव १ बजे तिर उनी ब्युझिन्।

उनले पुनर्जीवन पाइन्। उनको श्वास त फिर्ता आयो तर ज्योति भने गुम्यो। उनी दृष्टिबिहिन भइन्। आखा नदेख्ने भएकोले पनि उनलाई घरमा राम्रो व्यवहार गरिएन। घरपरिवारले गरेको व्यवहारबाट आजित भएर उनी पढ्न काठमाडौँ आइन्। केहि समय बित्दै गए पछि उनलाई हिडडुल गर्न, ठाउँ ठम्माउन सजिलो हुँदै गयो। काठमाडौँ जस्तो ठाउँमा बस्न आफ्नो कमाई हुने पर्यो। महंगीको शहरमा बाच्न पढ्दै उनले काम पनि गरिन्। ओम हस्पिटलमा उनी रिसेप्सनिष्टको रुपमा कार्यरत रहिन्। हाल उनी सामाजिक कार्यमा सक्रिय छिन्।

आफु नदेख्ने भएता पनि नदेख्नेका बालबच्चा, टुहुराहरुको शाहारा बनेर उनले हाल ७ जना बच्चालाई आश्रय दिइरहेकी छिन्। उनले कत्ति बालबालिकालाई विद्यालयमा भनसुन गरेर निशुल्क पढाउन सहयोग गरेकी छिन्। आफ्नो गाउँमा बालविवाह देखि अन्याय अत्याचार भएको ठाउँमा अवाज उठाउन समेत उनी पछि पर्दिनन्।

‘अन्तरदृष्टि नेपाल’ नामक संस्था दर्ता गरेर उनी सामाजिक कार्यमा सक्रिय छिन्। उनी अहिले आफ्नो आँखाको उपचार गराईरहेकी छिन्। डाक्टरले उनलाई यस उपचारबाट आखाँ देख्न सक्ने सम्भावना रहने बताएका थिए।

उनले कुराकानीको क्रममा उनी बसेको पहिलाको होस्टेलमा एक बालिकालाई आफ्नै शिक्षकले बलात्कार गरेको खुलासा गरिन। उनको अनुसार ती पिडित बालिका भर्खरै १४ वर्षे लागिन। शिक्षक र बालिका नै दृष्टिविहिन नै थिए। नन्दाले घटना भएको उनले १ वर्ष पछि मात्रै
 थाहाँ पाइन्। त्यसपछि आवाज उठाइन तर सबैले मिलेर घटनालाई लुकाउन खोजेका थिए। कसैले साथ् दिएनन्। उनले हिम्मत नहारी संस्थाको मद्दतबाट दोषीलाई हिरासतमा राख्न सफल भएकी छिन्। ती १४ वर्षिया बालिकालाई अहिले काउन्सलिङ्ग भईरहेको बताइन। 

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू