चट्याङले तीन बालकको मृत्यु

राष्ट्रिय समाचार समिति

लमही, १० असार : दाङमा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ । आज साँझ करीब साढे ६ः०० बजेतिर परेको चट्याङले राप्ति गाउँपालिका–३ मौरीघाट निवासी ११ वर्षीय रमीत चौधरी, ११ वर्षकै विनास चौधरी र १३ वर्षीय साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार राप्ति–४ स्थित मौरीघाट मावि छेउमा रहेको जामुनको रुपमा चढेका बेला सोही रुखमा परेको चट्याङले तीनै जना बालकको घटनास्थलमै मृत्यु भएको हो । साथै सोही रुखमा चढेका विनासका भाई आठ वर्षीय अविनास चौाधरी भने गम्भीर घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।रासस

प्रतिक्रिया