चट्याङ लागेर एकको मृत्यु ,एक घाइते

राष्ट्रिय समाचार समिति

कलैया, ३० भदौ : बारामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । उखु खेतमा पम्पिङसेटबाट पानी तान्न गएको बेला चट्याङ लागेर आज बेलुका सिम्रौनगढ नगरपालिका–११ का ४० वर्षीय प्रभु साह तेलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता रञ्जितसिंह राठौरले जानकारी दिनुभयो ।

चट्याङ लागेर आर्दश कोतवाल गाउँपालिका–४ कोइलीडिलका ३० वर्षीय विजय यादव घाइते भएको र उनको उपचार जिल्ला अस्पताल कलैयामा भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया