चरेससहित भारतीय पक्राउ

admin

पर्सा, २० मङ्सिर : प्रहरीले वीरगञ्जको इनर्वाबाट चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । वीरगञ्जबाट साइकलमा रक्सौलतर्फ जाँदै गरेका भारत बिहार राज्यको पटनाका ६० वर्षीय बिपीनकुमार कुर्मीलाई एक किलो ५०० ग्राम चरेससहित प्रहरीले आज पक्राउ गरेको हो ।

नेपालमा खरिद गरिएको चरेस भारततर्फ लैजाँदै गरेको अवस्थामा कुर्मीलाई शङ्कराचार्यद्वार नजिकै जाँच गर्दा पक्राउ गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया