चर्चित चलचित्र निर्देशकको शानदार चियापसल, भन्छन, ‘म जन्मिदै चियावाला हुँ’ (भिडियो)

मनिषा थापा

पिएनपिखबर : फिल्म निर्देशक गणेश देव पाण्डेको उपनाममा चियावाला पनि थपिएको छ। फरक-फरक कार्य गर्न मन लाग्ने पाण्डेले शान्तिनगरस्थित सुनसान बागमतीको करिडोरमा क्याफे खोलेका छन् जहाँ भेराइटी, भेराइटीको चिया पाइन्छ। सुनसान ठाउँमा राखिएको उनको क्याफेमा विना प्रचारप्रसार पनि दिनप्रतिदिन ग्राहकहरुको भीड लाग्ने गर्छ।

उनको क्याफेको स्थानको साथै व्यवस्था पनि पृथक देखिन्छ। उनको यो व्यवसायमा श्रीमतीले पनि साथ दिएकी छिन्। उनकी श्रीमतीसहित् ५ महिला त्यहाँ काम गर्ने गर्छन। यससँगै उनले आफु जन्मिदै चियावाला भएको बताए। उनका हजुरबुबा देखि बुबाले समेत् चिया पसल नै खोलेको र आफुलाई पनि अनुभव भएको कारण चियालाई प्राथमिकता दिंदै नयाँ ढंगबाट खोलेको उनको भनाई छ।

फिल्म ‘मालतीको भट्टी’, ‘मञ्जरी’ र ‘गाजाँबाजा’ जस्ता फिल्महरु निर्देशन गरेका उनी केही समय फिल्म निर्देशनबाट ब्रेक लिन चाहन्छन्। उनले केहि समय अघि बलिउड पनि नियाल्ने अवसर पाएका थिए।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू