चलचित्रको विश्व मञ्च ‘कान्स फिल्म फेस्टिभल’मा नेपाली नायिका प्रियंकाको पदार्पण हुँदै

रिता घिसिंग

काठमाडौं : ‘कान्स फिल्म फेस्टिभल’ चलचित्र दुनियाँको एक उत्कृष्ट पर्व मानिन्छ । जसमा बलिउडदेखि हलिउडसम्मका कलाकारहरु सहभागी हुन्छन् ।

विश्वकै प्रतिष्ठित यस फेस्टिभलमा अहिलेसम्म नेपालबाट भने कोही सहभागी भएका छैनन् । तर यसपाली नेपाली नायिका प्रियंका कार्की उक्त फेष्टिभलमा सहभागी हुने भएकी छिन् । उनी फ्रान्समा हुने यसै महोत्सवमा भाग लिन आईतबार फ्रान्स जाँदैछिन् ।

प्रियंकाले यस महोत्सवका लागि आफू निकै उत्साहित भएको बताएकी छन् । उनले नेपाली कला र संस्कृतीलाई विश्वसामु चिनाउन यो राम्रो प्ल्याटफर्म भएको उल्लेख गरेकी छन् ।

‘कान्स फिल्म फेस्टिभल’मा आफू चारवटा इभेन्ट्स्मा सहभागी हुने उनले जानकारी दिएकी छन् । ती हुन्, नर्वेजियन फिल्म फेस्टिभल, बुक लञ्च, माइकल ज्याक्सनलाई दिइने ट्रिब्यूट र गाला डिनर ।

उक्त कार्यक्रममा प्रियंका नेपाली डिजाइनर सिवांगी प्रधानले डिजाइन गरेको पहिरनमा सजिनेछिन् । यही मञ्चमा हलिउड र बलिउडका चर्चित हस्तिहरु सहभागी हुनेछन्, जहाँ प्रियंकाका लागि उनीहरुसँगको घुलमिलको एउटा राम्रो अवसर हुनेछ।

प्रतिक्रिया