चलचित्र आरोपको “एक्सिडेन्ट भयो दिल यो” गीतको भिडियो सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, २६ मङ्सिर : दिलासा क्रीयसनको ब्यानरमा अमर ओलिको निर्देशनमा बनेको नेपाली चलचित्र “आरोप” को “एक्सिडेन्ट् भयो दिल यो” बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राजेश पायल राई र नित्या शिवाको आवाज रहेको छ । चलचित्र आरोपको रिलिज मिती माघ ११ गते नेपाल भरिका सिनेमा हलहरुमा हेर्न सकिने भएको छ ।

युवा युवतीको प्रेम कथामा आधारित चलचित्रमा युवा अवस्थाको विभिन्न अवस्थालाई चलचित्रमा समेटिएको चलचित्रको निमार्ण पक्षले बताएको छ । चलचित्रको कथा लेखन लक्ष्मण सुवेदीले गरेका छन । बिजय पाठक र दिनेस राउतको निर्माण, बिरेन्द्र भट्टको छायांकन, कमल राईको नृत्य, सानू कुमार महर्जनको द्वन्द, एस के अधिकारी र गणेश चौधरीको संगीत, नित्याशिवा, राजेश पायल राई, प्रह्लाद तिमिल्सिना,मनिषा पोख्रेलको आवाज साहिल खानको सम्पादन रहेको उक्त चलचित्रमा किसोर खतिवडा, सन्चिता लुइँटेल, रिचा थापा, उद्दव गीरी र, प्रेम खड्काको अभिनय रहेको छ ।

हेर्नुहोस गीतको भिडियो:

प्रतिक्रिया