चलचित्र ‘आरोप’को गीत “फुरुङ फुरुङ” सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, २२ पुस : दिलासा क्रियसनको ब्यानरमा अमर ओलिको निर्देशनमा बनेको नेपाली चलचित्र “आरोप”को “फुरुङ फुरुङ” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नित्याशिवाको आवाज रहेको छ ।

चलचित्रको कथा लेखन लक्ष्मण सुवेदीले गरेका छन् । बिजय पाठक र दिनेश राउतले निर्माण गरेको यस फिल्मलाई खिचेका बिरेन्द्र भट्टले छन् । सानू कुमार महर्जनको द्वन्द रहेको यस फिल्ममा कमल राईको नृत्य रहेको छ भने एस के अधिकारीको गीत साथै एस के अधिकारीकै संगीत रहेको छ र उनलाई संगीतमा साथ दिएका छन् गणेश चौधरीले । फिल्ममा किसोर खतिवडा, सन्चिता लुइँटेल, रिचा थापा, उद्धव गिरी, प्रेम खड्काको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया