चलचित्र ‘गरुड पुराण’को ट्रेलरमा नाजिरको कमेडी, कर्माको रोमान्स (भिडियोसहित)

रिता घिसिंग

काठमाडौँ : चलचित्र ‘गरुड पुराण’को ट्रेलर सार्वजनिक भएको छ। हाइलाइट्स् नेपालको युट्युब च्यानल,मार्फत चलचित्रको ट्रेलर सोमबार सार्वजनिक गरिएको हो। केही समय अगाडि चलचित्रको ‘म त पिरिममा’ बोलकोगीत सार्वजनिक भएको थियो जुन निकै चर्चित भएको थियो।

सुवास कोइराला र सुशन प्रजापतिले निर्देशन गरेको यो चलचित्रमा कर्मा शाक्य, प्रवीण खतिवडा, प्रियङ्का सिंह ठकुरी, कामेश्वर चौरासिया, नाजिर हुसेन, लुनिभा तुलाधर, प्रकाश घिमिरे, वसन्त भट्ट लगायतका कलाकारहरूको अभिनय रहेको छ । प्रियङ्का यसै चलचित्रमार्फत नेपाली रजतपटमा नायिकाको रूपमा डेब्यु गर्दैछिन् ।

आकाश बराल, बिनोल खतिवडा र सुवास आफैँले लेखेको यो फिल्मको कथा कसम नेपालको हो । निर्माताको रूपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । सुसन प्रजापतिको छायाङ्कन रहेको फिल्मलाई उज्ज्वल ढकालले सम्पादन गरेका छन्।
हेर्नुहोस ट्रेलर :

प्रतिक्रिया