चलचित्र ‘गरुड पुराण’को ‘म त पिरिममा’ सार्वजनिक (भिडियोसहित)

रिता घिसिंग

काठमाडौं : फिल्म ‘गरुड पुराण’को नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक भएको ‘म त पिरिममा’ बोलको गीतमा निश्चल बस्नेत पनि देखिएका छन् । निर्माण पक्षले सार्वजनिक गरेको पहिलो गीतमा निश्चलसँगै फिल्मका कलाकारहरू कर्मा र नव नायिका प्रियङ्का सिंह ठकुरी फिचर्ड छिन्।

गीतमा निश्चलको जोडीको रुपमा अञ्जली योञ्जन देखिएकी छिन्। गीतमा कोसिस क्षेत्री सङ्गीत रहेको छ भने यसलाई दिनेश राउतले लेखेका हुन् । गीतमा कोसिस र मनिषा पोखरेलको आवाज रहेको छ । कोरियोग्राफी रेनाशा वान्तवा राईले गरेकी छिन्। पारिवारिक प्रेमकथामा आधारित ‘गरुड पुराण’मा हास्य रस पनि रहेको निर्देशक सुवास कोइरालाको भनाई छ ।

‘फिल्मलाई रमाइलो बनाउने प्रयास गरेका छौ , त्यही अनुरूप गीत पनि तयार गरेका हौ’ निर्देशक कोइराला भन्छन् ,’गीतलाइ फिल्मकै कथा अनुसार तयार गरेका हौ ।’

आकाश बराल, बिनोल खतिवडा र सुवास आफैँले लेखेको यो फिल्मको कथा कसम नेपालको हो । निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । सुसन प्रजापतिको छायाँकङ्न रहेको फिल्मलाई उज्ज्वल ढकालले सम्पादन गर्दैछन् ।

प्रतिक्रिया