चलचित्र निर्माता तथा वितरक शाही पक्राउ

admin

काठमाडौं ४ भदौ :चलचित्र निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले चलचित्र निर्माता तथा वितरक गोविन्द शाहीलाई पक्राउ गरेको छ । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख एसएसपी सहकुलबहादुर थापाले शाहीविरुद्ध बुधबार जिल्ला अदालत, काठमाडौंबाट आपराधिक विश्वासघात सम्बन्धी कसूरमा दुई दिन म्याद थप गरिएको जनाएका छन् । अब अदालतबाट दुई दिन थुनामा राख्ने अनुमति पाएका छौं, उनीमाथि अनुसन्धान शुरु गर्छौ, थापाले भने । चलचित्रको वितरणबाट आएको करिब एक करोड रुपैयाँ लिएर शाही फरार भएको आरोप निर्देशक चाम्स र निर्माता खड्काको जाहेरीमा लगाइएको छ ।

प्रतिक्रिया