चलचित्र ‘मणिकर्णिका’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : बलिउड चलचित्र मणिकर्णिकाको ट्रेलर सार्वजनिक भएको छ । कंगना रनोटको मुख्य भूमिका रहने फिल्मको ट्रेलरमा कंगना झाँसीकी रानीको भव्य र दमदार अवतारमा देखिएकी छिन् । पूरै ट्रेलरमा जताततै कंगना मात्र छाएकी छिन् । ट्रेलरमा महलमा हुर्किएकी मणिकर्णिका पत्नी, रानी, आमा हुँदै झाँसीकी रानी लक्ष्मीबाइ बन्दासम्मको झलक देख्न सकिन्छ ।

ऐहिासिक फिल्मको कथा लेख्न निकै चर्चित लेखक केभी विजयेन्द्र प्रसादले फिल्मको कथा लेखेका हुन् । बाहुबलीको कथा लेख्ने विजयेन्द्र प्रसादको कथा भएका कारण फिल्म निकै दमदार बन्ने अपेक्षा गरिएको छ । फिल्मलाई भिडियो इफेक्ट प्रयोग गरेर भव्य बनाउन खोजिएको ट्रेलरमा प्रस्ट देखिन्छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू