चलचित्र “रणवीर” को पोस्टर सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, २५ पुस : पछिल्लो समय सार्वजनिक गीत ’तिरिमिरी तिरिमिरी तिन तारा’ मार्फत चर्चामा रहेको फिल्म ’रणवीर’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा सुशीललाई दुइ डेब्यु गर्ल सुबेक्षा खड्का र सुपुस्पासँगको माया र मित्रतासँगै मित्रताको भावमा देख्न सकिन्छ । सार्वजनिक पोस्टरमा फिल्मका लिड कलाकारहरु सुशील सिटौला , प्रशान्त ताम्राकार , सुबेक्षा खड्का , सुपुस्पा भट्टलाई फिचर्ड गरिएको छ ।

फिल्मको कथावस्तु अनुसार नै पोस्टर तयार गरिएको निर्माण पक्षले बताएका छन् । यसै फिल्मको लागि सुशीलले आफ्नो शारीरिक बनावटमा पनि परिवर्तन ल्याएका थिए ।

झन्डै ६ महिनाको मेहनतपछि सुशील रणवीर बन्न योग्य भएको निर्माण पक्षले बताएका छन् । साथै , सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल पाएकी सुबेक्षालाई यसै फिल्म मार्फत डेब्यु गर्दै्छिन् । फिल्ममा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । महङ्गो बजेटमा तयार भएको फिल्मलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् ।

यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा , टिका पहाडी लगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । एकगीतमा बाबु श्रेष्ठको छायांकन रहेको फिल्मको ट्रेलर साहिल खानले तयार गरेका हुन् ।

प्रतिक्रिया