चलचित्र ‘समर लभ’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

रिता घिसिंग

काठमाडौं : चर्चित लेखक सुबिन भट्टराइको बहुचर्चित पुस्तक ‘समर लभ’मा निर्माण गरिएको चलचित्रको ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार यो चलचित्रको ‘बुढा सुब्बा डिजिटल’मार्फत ट्रेलर रिलिज गरिएको हो।

यो चलचित्रबाट ‘अतित’को भूमिकामा टीभीसी र पेपर एडमा प्रस्तुत भैसकेका मोडल आशिष पियाले डेब्यू गरेका छन् भने ‘साया’को बोल्ड भूमिकामा ‘रेवती’ क्षेत्रीले अभिनय गरेकी छिन्।

रेवती सन् २०१६ की मिस यूनिभर्सिटी रेवती मिस इन्टरनेसनल भारतकी उपाधी विजेतासमेत हुन्।उनले ‘ग्याङ्स अफ नर्थवेष्ट’ नामक भारतीय चलचित्रमा काम गरिसकेकी छिन्। समर लभ युवा पुस्तामाज निकै चर्चित पुस्तक हो।

तर,अब चलचित्रले कत्तिको सफलता हात पार्छ त्यो भने हेर्न बाकी नै छ। चलचित्र माघ २५ गतेबाट प्रदर्शनमा आइरहेको छ । चलचित्रमा आशिष र रेवतीसँगै सुरज सिंह ठकुरी, नम्रता सापकोटा, सिशीर भण्डारीलगायतका कलाकारको अभिनय रहेको छ।

मुस्कान ढकालको निर्देशनमा बनेको चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानी रहेको छ। चलचित्रलाई मान कृष्न महर्जनले छायांकन गरेका छन्।

प्रतिक्रिया