चलचित्र ‘सुश्री सम्पत्ती’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

रिता घिसिंग

काठमाडौँ : चलचित्र ‘सुश्री सम्पत्ती’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ३ मिनेट लामो ट्रेलरमा मुख्य कलाकारद्धय सलोन बस्नेत र विनोद न्यौपानेको कमेडी मात्र हेर्न सकिन्छ । चलचित्रको शिर्ष भूमिकामा नायिका सारा सिर्पाली देखिएकी छिन् । यो चलचित्र मंसिर २८ गतेबाट रिलिज हुँदैछ । चलचित्रलाई संचारकर्मी सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । चलचित्रमा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारको लगानी छ । अभिमन्यू निरवी र निर्देशक आचार्यको संवाद रहेको चलचित्रको पटकथा अभिमन्यूकै छ । चलचित्रका निर्देशक आचार्यले ट्रेलरमा चलचित्रको जनरा बताएको छ ।

सुश्री र उनीसँग भएको सम्पत्ती पाउनका लागि २ यूवाले गरेको संघर्षलाई चलचित्रमा रमाइलोसँग प्रस्तुत गरिएको छ ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया