चार अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री हुने

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २२ भदौ: नेपाल राष्ट्र बैंकले सोमबार रु चार अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको जानकारी दिएको हो ।

केन्द्रीय बैंकका अनुसार रु दुई अर्ब २६ करोड बराबरको टे«जरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी मङ्सिर २४ गते परिपक्व हुनेछ । यस्तै रु दुई अर्ब बराबरको टे«जरी बिल ३६४ दिनका लागि बिक्री गर्न लागिएको छ । सो बिल भदौ २३ गते परिपक्व हुनेछ । बैंकले भदौ १६ गते पनि टे«जरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया