चार दिनरात मनाइने नीलबाराही नाच शुरु हुँदै

राष्ट्रिय समाचार समिति

मध्यपुरथिमि, ३२ साउन: मध्यपुरथिमिको बोडेमा मनाइने नीलबाराही नाच आज मध्यराति १२ बजेदेखि शुरु हँुदैछ । बोडेका नेवार समुदायले मनाउ“दै आएको यो नाच जिब्रो छेड्ने जात्रापछिको ठूलो नाच हो । १५ दिनअघिदेखि मूलघरमा सिकाइँदै आएको यो नाच राति, बिहान र दिउँसो टोलटोलको चोकचोकमा देखाइने गरिन्छ ।

गाईजात्राको भोलिपल्ट मध्यरातदेखि शुरु गरिने सो नाच चार दिनसम्म सञ्चालन हुने गर्छ । सो नाच बोडेको लाछीबाट शुरु भई लायकु छेँ, विष्णुघाट, महालक्ष्मीथान, भाँगुटोल, खोँसीटोल, नीलबाराही स्थान हुँदै पुनः नारायणथानमा समापन गरिने परम्परा रहेको छ । प्रत्येक टोलको चोकमा धाँबाजा, भुस्या, काँय र पाँगाबाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने गरिन्छ ।

देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिहं चार, द्वारपाल दुई र गणेश चार गरी १९ देवगणको समूह रहेको हुन्छ । देवता १९, गुरु छ, १९ देवताका सहयोगी, बाजा बजाउने नौ गरी यो नाचमा १०० जनाभन्दा बढी व्यक्ति नाचमा क्रियाशील रहने गर्दछन् । दैनिक १० देखि १४ घण्टासम्म परम्परागत नियममा बा“धिएर बोडेमा मनाइने नीलवाराही नाच कहिलेदेखि शुरु भएको भन्नेबारे यकिन नभए पनि भक्तपुरको नवदुर्गा नाचसँगै नीलबाराही नाच शुरु भएको हुनुपर्ने स्थानीयवासीको भनाइ छ ।

नीलबाराही देवीले एक दिन मानिसका रूपमा बोडे शहर आएर स्थानीय धोँ जातका एक मानिसलाई नीलबाराही जङ्गलमा लगेर चार दिनसम्म कसैले नदेख्ने गरी नाचको सम्पूर्ण विधिविधान सिकाएर पठाएपछि यो नाच शुरु भएको किंवदन्ती एवं जनविश्वास रहँदै आएको छ ।नाच अवधिभर देवगणले खान नहुने, बस्न नहुने, बोल्न नहुने, घामपानीमा छाता ओड्न नहुने, दिसापिसाब गर्न नुहने र जुत्तासमेत लगाउन नहुने नियम छ । गुठी नाइके प्रेमचन्द्र अदुवाले बताउनुभयो । नाचको नियम कडा छ, देवगणले मुखुण्डो लाएर घण्टौँसम्म टोलटोल घुमेर नियमित नाच्नुपर्छ, गाह्रो भए पनि कहीँ बस्न पाइँदैन, बस्नैपरे पनि ज्वकालुको काखमा या जिउमा अडेस लगाएर बस्नुपर्छ ।

नाचको अगाडि र पछाडि बाल्ने चिराग पनि निभ्नु हुँदैन भन्ने मान्यता रहेको छ । बत्ती निभ्यो भने देवता हुनेको पेट दुख्ने तथा बान्ता आउ“छ भन्ने जनविश्वास अझै रहेको छ । जात्रामा काटमारसमेत गर्नु ह“ुदैन । “देवगणहरू नियमभन्दा बाहिर जानु हु“दैन”, स्थानीयवासी दिलकृष्ण प्रजापतिले भन्नुभयो, “नियम कडाइका साथ पालना गर्नुपर्छ, पालना नभए उसैलाई असर गर्छ”, परम्परागत नियमभन्दा बाहिर गए बोडेवासीलाई अनिष्ट हुने जनविश्वास अझै रहेको छ ।

प्रत्येक वर्ष भाद्र द्वितीयादेखि पञ्चमीसम्म यो नाच चल्ने गर्दछ । बिहानीपख देवगणलाई पूजा गर्ने स्थानीयको घुइ“चो लाग्ने गर्छ । जात्रा पहिलो बिहान सकिन्छ, दोस्रो दिनभने बिहान चार बजे शुरु भएर साँझ सम्पन्न हुन्छ भने तेस्रो दिन बिहान शुरु भएर साँझ सम्पन्न हुने परम्परा रहेको प्रजापतिले बताउनुभयो ।नाच देवता घरबाट निकालिन्छ । नाच निकाल्नु पहिला द्वितीयादेखि पूर्णिमासम्म नाचको तयारी गरिन्छ । जसलाई नेवारी भाषामा ‘प्या“खा स्यनेगु’ भनिन्छ । नाच सिकाउ“दा ताःलगायतको बाजा बजाइने परम्परा रहेको छ ।

प्रतिक्रिया