चितवनमा रवि लामिछानेको रिहाईका लागि व्यापक प्रदर्शन, अदालतमा आज पेश गरिदै

मनिषा थापा

भक्तपुर : टेलिभिजन प्रस्तोता रवि लामिछानेको रिहाईको माग गर्दै चितवन जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी लागेको छ। आज विहानै देखि लामिछानेको समर्थकहरुले ‘हाम्रो रवि हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘रविलाई रिहाई गर’ भन्दै चर्को नारा लगाईरहेको छन्।

शालिकराम पुडासैनी आत्महत्या प्रकारणमा पक्राउ गरिएको रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई चितवन प्रहरीले काठमाडौंबाट बिहीबार नै चितवन लगि अनुसन्धान प्रक्रिया अघि बढाएको छ। आत्महत्या दुरुत्साहन गरेको आरोपमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई आज शुक्रबार जिल्ला अदालतमा प्रस्तुत गर्ने भएको छ।

 साउन २० गते सोमबारको दिन पत्रकार शालिकराम पुडासैनी चितवनको पोखरा जाने बसपार्कस्थित कंगारु होटेलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

हेर्नुहोस भिडियो :

 

 

प्रतिक्रिया