चिया पसल गरेर दुवै मिर्गौला फेल भएकी छोरीको ४ बर्षदेखी उपचार गर्दै यी महान आमा [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। दुवै मिर्गौला बिग्रिएर जीवनमरणको दोसाँधमा पुगेकी उदयपुरकि उषा माझीले उपचारका लागि सहयोग गरिदिन आग्रह गरेकि छिन्। ज्याला मजदुरी गरेर गुजारा चलाएकी उनिलाई पहिला टाउको दुख्ने समस्या थियो। टाउकोदुख्नु सँगै उनलाई रिंगटा लाग्ने, कमजोरी पन हुने , हातगोडा गल्ने जस्ता समस्या देखिन थाल्यो। यसै समस्याबाट मृगौला बिग्रिन गएको उनले बताइन्।

अहिले उनको दुईवटा नै मृगौला फेल भएको छ। दुवै मिर्गौला फेल भएर बिगत ४ बर्षदेखि डाइलाइसिस गराइरहेकी माझीले किड्नी प्रत्यारोपण गर्न आवश्यक रकम जुटाइदिन आग्रह गरेकि हुन्। डाक्टरको सल्लाह अनुसार उनलाई करिव ७ लाख जति उपचार खर्च मृगौला फेर्न लाग्छ।

बिगत ४ बर्षअघि दुवै किड्नी बिग्रिएपछि सातामा दुईपटक डाइलाइसिस गराइरहेका माझीकी आमाले चिया पसलको भरमा छोरीलाई उपचार गराईरहेकी छिन। उनको श्रीमान उनलाई केहि वास्ता नगर्ने उनले बताइन्। उनको एउटा ११ वर्षीय छोरा पनि छ। एक संस्था मार्फत आफ्नो छोराको पढाईमा सहयोग भएको हुँदा उनी छोराको लागि भने खुसि नै छिन्।

तर आफ्नो छोराले बेलाबेलामा आमा तपाई मेरो लागि भए नि बाच्नु पर्छ भन्दा उनको मन चसक्क हुन्छ। बाच्ने रहर त उनलाई पनि नभएको होइन। सास रहुन्जेल आस त भइ नै हाल्छ। अहिले सम्म आमाकै भरमा बचेकी उनी केहि सहयोग रकम जुटे मृगौला फेर्ने सोचमा छिन्।

तपाईहाम्रो थोरै सहयोगले कसैले नया जीवन पाउछ भने किन सहयोग नगर्ने। एक थुकी सुकी सय थुकी नदि भने झैँ थोरै थोरै सहयोग गरेर भए पनि उनको जीवन बचाउनु हामी सबैको मानवीय कर्तब्य पनि हो। उनलाई सहयोग गर्नको लागि ९८५१०१८०६३, ९८१८८७९१७४ मा सम्पर्क गर्न सक्नुहुन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू